बृन्दाबन न.पा.को बिश्रामपुर स्वास्थ चौकीमा १ लाखको औषधी खरिद गरि १० लाखको बिल पेश

रौतहट २२ फाल्गुण्न । रौतहटको बृन्दाबन नगरपालिकाको स्वास्थ्य फाँटबाट औषधी खरिद प्रक्रियामा भ्रष्ताचारी भएको छ ।

१ लाख मुल्य बराबरको औषधी खरिद गरि नगर स्वास्थ फाटका संयोजक रामनरेश यादवले १० लाखको औषधीले भनेर सोही नगर भित्र पर्ने बिश्रामपुर स्वास्थ चौकीका इन्र्चाज राजेन्द्र यादवलाई हस्तान्तर गर्न खोज्दा बिवाद उत्पन्न भएको छ । नगरले यस आर्थिक बर्षका लागि  स्वास्थ चौकीको लागि खरिद गरेको दश लाख रुपैया मुल्य बराबरको औषधीको टेण्डर प्रक्रियामा खुल्याम भ्रष्टाचारी गरि आफुलाई बल जबजस्ती साक्षी बनाउन चलखेल भईरहेको इन्र्चाज यादवले आरोप लगाएका छन ।

स्थास्थ्य फाँट बाट बुझाउन लगिएको औषधीमा आधा जसो नेपाल सरकारबाट निशुल्क बितरण गरिने औषधी समेत समाबेश गरेको पाइएको बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुख यादबले बताएका छन ।

सर्वसधारण जनताको जिवनसँग खेलवाड गर्न खोज्दा स्थानीयबासी समेत आक्रोसित भएकोले जब सम्म यस अनियमित्ताको छानबिन समिति र यस्ता गलत कार्यमा संलग्नता रहेको जुनसुकै दोषी व्यक्तिलाई कार्वाही भएन भने तब सम्म तालाबन्दी रही नै रहन्छ इन्चार्ज यादवले बताउनु भयो । 

निशुल्क बितरण गरिने औषधीमा आर एल, सिटामोल, डायजिन, एमोक्कसिसिलिन, मेट्रोन लगायत दश प्रकार भन्दा बढिको रहेको उहाले बताउनु भयो ।

विभिन्न ठाउँमा औषधी खरिदमा अनियमिता भएको सार्बजनिक भएपछि नगरपालिकाको स्वास्थ्य फाँटले औषधीको परिणाम पुरयाएर त्यहाँ सबै औषधी राखिएको भनी आफनो कर्तुतबाट जोगिन खोजेको सोही ठाउँको सर्वसधारण जनताको आरोप रहेको छ ।

औषधी खरिद प्रक्तियामा भएको भ्रष्टाचारी सम्बन्धी सोही नगरको स्वास्थ्य फाँटका संयोजक रामनरेश यादवले बजेट र खरिद प्रक्रिया आफुलाई थाहा नभएको र नगरपालिकाबाट औषधी बुझाउन दिएको जिम्मेबारी अनुरुप कार्य गरेको बताए ।

नगरपालिका कार्यालयमा औषधी राख्ने ठाउँ नभएकोले बिश्रामपुर स्वास्थ चौकीको कार्यालयमा राख्न कार्यालयबाट आदेश दिएपछि मात्र औषधी राखेको छ । नगरभरिको कुनै स्वास्थ चौकीलाई अहिले सम्म औषधी हस्तान्तरण नगरेको संयोजक यादवले बताएका छन । सो नगरपालिकामा पाँच वटा स्वास्थ्य चौकी रहेको छ भने सबै स्वास्थ चौकीको लागि औषधी खरिद भएको छ । लगभग एक वर्ष हुन लागेको केही बिषयलाई लिएर स्वास्थ चौकीमा स्थानीय द्रारा तोडफोड भएकोले कोठाहरुमा झाल, ग्रिल राम्रो च्यानल ग्रेट नरहेकोले प्रहरी र स्थानीयबासीको रोहबरमा दुई वटा तालाबादी गरिएको संयोजक यादवले बताए ।

सोही बिषयलाई लिएर स्थानीय आक्रोशित बनेका छन । बृन्दाबन नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत टेकराज पन्थीले आफुले निरिक्षण गरेपछि मात्रै औषधी बितरण गर्न भनेकाले रोकिएको बताउनु भयो । सो स्वास्थ्य चौकीमा संचालन हुदै आएको प्रसुती सेबा चार महिना देखि बन्द रहेको छ । प्रसुती सम्बन्धि एसबीए तालिम प्राप्त नर्स सो नगरपालिका अन्र्तगतका बिभिन्न स्वास्थ्य चौकीमा तीन जना कार्यरत रहेपनि प्रसुती सेबा संचालन हुदै आएको एक मात्र सो स्वास्थ्य चौकीमा नखटाइएका कारण सेवा बन्द भएको हो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles