भारतीय ‘भिआइपी’को गाडीमा गाँजाको गुन्टा

हेटौंडा–भारतीय भिआइपीको सवारीको दुरुपयोग गरी मकवानपुरबाट अवैध लागूऔषध भारत निकासी हुने गरेको तथ्य भेटिएको छ ।

भारतीय क्राइम चेक अर्गानाईजेशनका सचिव लेखिएको गाडीबाट प्रहरीले झन्डै आधा क्बिीन्टल गुन्टा पारिएको गाँजासहित गाडी र चालक नियन्त्रणमा लिएपछि यो तथ्य फेला परेको हो । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

मकवानपुर प्रहरीले भारत विहार जिल्लाको हैसिकेबल वडा नम्बर ५ का ३२ बर्षीय अमरजित सिंह रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत् हेटौंडा–१९, तीनताप्केमा चेकजाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको सिंहले चलाएको बी आर ३१ एम ५०५१ नम्बरको कारको सिटमुनी ‘फल्स बटम’ बनाइ लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

सिंहलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही अघि बढाउने बताउँदै प्रहरीले २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपियाँसम्म जरिवाना र कारसमेत जफत हुने कानुनी प्रावधान रहेको जनाएको छ ।
यसैगरी, मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेबाट आठकिलो लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा पर्सौनी गाउँपालिका वडा नम्बर ५ का २२ बर्षीय पप्पु राय भर रहेका छन् । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित हेटौँडा–८ कमानेका २६ बर्षीय रुपक राईलाई पनि पक्राउ गरी मुद्दा चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles