मकवानपुरका अग्रज बाम्पन्थी नेता सम्मानित

     

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ प्रदेश कमिटिले मकवानपुरमा अग्रज बाम्पन्थी नेताहरुलाई सम्मान गरेको छ ।

७० औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मकवानपुरको हेटौडा ४ निवासी ८९ वर्षीय गोविन्द श्रेष्ठ र हेटौंडा १७ राजदेवीकी ७५ वर्षीय वालकुमारी थापा सम्मानित भएका हुन् । उनीहरुलाई पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दोशाल्ला ओढाएर सम्मानित गरेको नेकपा मकवानपुरका नेता कमान सिं पाख्रिनले बताए ।

उनीहरुसँगै प्रदेश नम्वर ३ का १३ जिल्लाहरुवाट २६ जना वाम्पन्थी नेताहरु सम्मानित भएका छन् । राणा शासन, पंचायती व्यावस्था, राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध जनयुद्ध तथा जनआन्दोलनमा होमिएर पार्टीलाई साथ र सहयोग गरेकाले उनीहरुलाई सम्मान गरिएको नेकपा प्रदेश ३ ले जनाएको छ ।

प्रदेश कमिटिका अध्यक्ष नारायण दाहालको सभाअध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिवालय सदस्य एवं रक्षा मन्त्री ईश्वर पोखरेल ,३ नम्वर प्रदेश कमिटि इन्चार्ज अष्टलक्ष्मी शाक्य, पार्टी स्थाई कमिटि सदस्य पम्फा भुसाल ,अग्नि सापकोटा, हित वहादुर तमाङ लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles