राजधानी नटुङ्गिँदै सुटुक्क हिउँदे अधिवेशन अन्त्य

हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमति गरेको ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभाबाट अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा प्रदेशसभा नियमावली मिच्दै मन्त्रिपरिषद्को निर्णयबाट हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको हो ।

यसअघि हिउँदे अधिवेशनमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंग्याउने घोषणा गरेको प्रदेश सरकार विपक्षी दलहरुसँगको सम्झौताबाट पछाडि हट्दै सोमबार सदन छलेर हिउँदे अधिवेशनको घोषणा गर्न सिफारिस गरिएको हो । वैशाख ३० गतेबाट वर्षे अधिवेशन सुरु भएको घोषणा गर्ने गरी प्रदेश प्रमुख कोइरालालाई बैठकले आग्रह गरेको बुझिएको छ । सिफारिस अनुसार वैशाख १० गते मध्यरातबाट हिउँदे अधिवेशन सकिएको घोषणा हुनेछ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षका लागि वर्षे अधिवेशन छिट्टो डाक्न, नीति तथा कार्यक्रम, पूर्वबजेट तथा नयाँ बजेट निर्माणका लागि छलफल अगाडि बढाउनु पर्ने भएका कारण तत्काल हिउँदे अविधेशन अन्त्य भएको घोषणा मन्त्रिपरिषद्को बैठकमा गरिएको बुझिएको छ ।

३ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद का सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकको यस निर्णयलाई बाहिर नल्याउने सहमति भएको थियो । स्रोतका अनुसार मुख्यमन्त्री काठमाडौंमा हुने युवा वैज्ञानिक सम्मेलन र चीन भ्रमणका कारण हतारहतारमा हिउँदे अधिवेशन सम्पन्न भएको घोषणा गर्ने निर्णय गरिरएको हो ।

‘प्रदेशसभाको नियमावली अनुसार सदन अबरुद्ध रहेको समयमा प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत् प्रदेशसभाको अधिवेशन अन्त्य भएको घोषणा गर्न पाउने प्रावधान रहेको छ । तर, यसो गर्दा प्रदेश सरकार राजनीतिक सहमति र सहकार्य तथा संसद्को भूमिका कमजोर बनाएर अगाडि बढ्न खोजेको देखिन्छ ।’, स्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles