अर्जुननरसिंह केसी भन्छन्ः प्रधानमन्त्री ज्यू, ऐना नहेर्नूस्, तपाईं आफैं ठूलो भ्रष्टाचारी

हेटौंडा– नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र जनविरोधी काम गरेको भन्दै आक्रोश पोखेका छन् । नेपालमा लोकतन्त्रको नाममा कम्युनिष्ट नेतृत्वको सरकारले निरंकुशता जन्माउन खोजेको भन्दै काँग्रेस सशक्त भएर त्यसको प्रतिकार गर्नु आवश्यक रहेको उनले बताए । पार्टीले बुधबारबाट सुरु गरेको जागरण अभियानको ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा उद्घाटन गर्दै नेता केसीले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारको विभिन्न गतिविधि हेर्दा विभिन्न तरहले जनतामाथि निरंकुशता लादिरहेको दावी गरे ।

नेता केसीले वर्तमान सरकार गफ र ठूला सपना बा“डेर अगाडि बढिरहेको र जनतामा अलोकप्रिय भइसकेको उनको भनाइ थियो । भ्रष्टाचारीकोे मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीले भ्रष्टाचारलाई नै संस्थागत गर्नमा ठूलो भूमिका खेलिरहेको भन्दै केसीले भने–‘भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने केपी ओली जी बालुवाटार गएर ऐना नहेर्नुस्, किन कि तपाईं आफैं ठूलो भ्रष्टाचारी हो, भ्रष्टाचारलाई संरक्षण गर्ने तपाई झनै ठूलो भ्रष्टाचारी हो ।’

वर्तमान सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले सत्ता प्रवेश गर्दा नै संविधान तोडेको उल्लेख गर्दै केसीले सत्ताको प्यास र भोकले रन्थन्निएर विभिन्न गैरसंवैधानिक र राष्ट्रघाती निर्णय गरेको बताए । विभिन्न कानुन बनाएर पत्रकारितालाई निश्चित घेरामा खुम्च्याउन खोज्नु, न्यायपालिकामाथि हमला गर्नु, सेना परिचालनको अधिकार लिन खोज्नु, भ्रष्टाचारलाई संस्थागत गर्दै लैजानु जस्ता उदाहरणले देशमा कम्युनिष्टले निरंकुशता लाद्न खोजेको स्पष्ट भएको केसीको भनाइ थियो । सुन प्रकरण, वाइडबडी बिमान प्रकरण, बालुवाटार जग्गा प्रकरण, निर्मला हत्या प्रकरण जस्ता विभिन्न प्रकरणमा सरकार मौन रहनुले सरकारले भ्रष्टाचार, अनियमितता र अराजकतालाई प्रश्रय दिइरहेको केसीको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles