छ माया छपक्कै १ करोड १६ लाखमा बिक्री

काठमाडौं–दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म छ माया छपक्कै विदेश राइट बिक्री भएको छ । निर्माण युनिटले फिल्मको विदेश राइट १ करोड १६ लाखमा बिक्री गरेको हो । निशान बजगाईंले यसको बिदेश राइट किनेका हुन् ।
रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्मको एक गीत बाहेक बा“की छायांकन सकिएको छ । बा“की रहेको गीत राजधानीमा खिच्ने तयारीमा निर्माण युनिट लागेको छ ।
दशैंमा प्रदर्शनमा आउने बताइएको फिल्ममा दीपकराज गिरी र केकी अधिकारीको जोडी बा“धिएको छ ।
केदार घिमिरे, जीतु नेपाल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, सुपुष्पा भट्टलगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ । दीपक र दीपाको समुहले मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो फिल्ममा काम गरेका हुन् । यसका निर्माता रोहित अधिकारी रहेका छन् ।