काठमाण्डौ,२० साउन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएपछि पहिलोपटक योगेशकुमार भट्टराई संसदीय समितिमा उपस्थित भए । आइतबार प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा बधाई ग्रहण गर्न आएका मन्त्रीभट्टराई विस २०४३ सालको एक घटना सम्झिएर भावुक भए। जसले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि भक्कानिए ।२०४३ सालमा पार्टीले नगर पञ्चायत चुनावलाई उपयोग गर्ने नीति लिएको थियो ।
त्यतिबेला हामी रातबिरात प्रचारप्रसारमा लाग्थ्यौ । त्यसैक्रममा म बिरामी भए , भावुक हुदै योगेशले भने, टिचिङ अस्पतालमा उपचारका क्रममा डाक्टरले मेरो आश मारिसकेका थिए । आ“सु पुछ्दै योगेशले भने, त्यतिबेला उहा“को स्पर्श मिलेको थियो । म त्यसबाट फर्किएर आएको हो ।योगशले त्यो घटनाको व्याख्या गरिरहँदा नेता नेपाल पनि भक्कानिएका थिए ।
योगेशले आफ्नो र माधवकुमार नेपालको सम्बन्ध शिक्षक र विद्यार्थी तथा गुरु र चेलाको जस्तो भएको पनि सम्झिए ।
उनले नेकपाका सांसद अग्निप्रसाद सापकोटास“ग सिन्धुपाल्चोकको चौतारा जेलमा २०४६ सालको स्मरण पनि सुनाएका थिए ।