मुम्बई–राखी साबन्तले विवाहको कुरालाई छाया“मा पार्नेगरी हनिमुनको तस्वीर सार्वजनिक गरेकि छिन् ।
राखीले आफ्नो सामाजिक संजालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्विरमा राखी सिन्दुर सहित देखिएकी छिन् । उक्त तस्वीर हनिमुनको हुनुपर्ने धेरैले लख काटेका छन् ।
तर, उनले औपचारिक रुपमा भने विवाह भएको स्वीकारेकी छैनन् ।
उनले इन्स्टाहग्राममा सेयर गरेको तस्वीरले प्रशंसकलाई अचम्ममा पारेको छ । धेरैले राखीलाई बधाई पनि दिएका छन् ।
बधाईस“गै राखीले कोस“ग विवाह गरेकी हुन् भन्नेहरुको जमात पनि उत्तिकै छ । एक फ्याले बधाई दिंदै लेखेका छन्, आखिर राखीस“ग बिबाह गर्ने भाग्यमानी व्यक्ती को हुन् ? हामीलाई जान्ने इच्छा भयो । कतिपयलेत राखीलाई सिन्दुरमा राम्रो देखिएको पनि प्रतिकृया दिएका छन् ।ग्ल्यामर छवी बनाएकी राखी भारतिय मोडल, टेलिभिजन कलाकार तथा टक शो होस्ट हुन् ।
विवादस्पद टेलिभिजन कार्यक्रम बिग बोसको पहिलो सिजनमा सहभागी भएकी उन पछिल्लो समय राजनीतिमा समेत लागेकी छिन् ।
सन् २०१८ मा उनी एक रेस्लिङ कार्यक्रममा मूख्य अतिथिको रुपमा उपस्थित थिइन् । यद्यपी एक महिला रेस्लरले उनलाई चुनौती दिए र रिङभित्र बोलाए । राखी उनीसग भिड्न गइन्, आखिरमा ति विदेशी महिला रेस्लरले उनलाई नराम्रोसग पछारिदिए । त्यसबेला उनको कम्मरमा चोट लागेको थियो ।