‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत लिएर स्वरूप क्षेत्री

काठमाडौं ९ भदौ । गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको ‘काश तिमी हुन्थ्यौ भने’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

हाइलाइट्स नेपालको च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । क्षेत्रीको शब्दरसंगीत रहेको गीतमा योजना खड्गीको आवाज रहेको छ ।

गीतको संगीत संयोजन दिपक लामाले गरेका छन् । गीतको सबै काम बनेपा स्थित फलटर स्टुडियोमा भएको हो।

सो गीतको भिडियो सुटिङ पोखरामा नै गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको गीत अहिलेसम्म १५ हजार बढी दर्शकले हेरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles