जोन अव्राहमको जोडी बन्दै काजोल

मुम्बई– बलिउड चलचित्रका निर्देशक संजय गुप्ताले बनाएका सुटवाउट एट वाडाला, काविल जस्ता चलचित्र बक्स अफिसमा सफल मानिन्छन् ।

उनै, संजय अब नया चलचित्र मुम्बई सागाको छायांकनको तयारीमा जुटेका छन् । यो चलचित्रको छायांकन मंगलबारदेखि महालक्ष्मी मन्दिरबाट सुरु भएको छ ।

चलचित्रमा नायक जोन अव्राहम र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यी दुई कलाकारको एक्सनको दृश्य मंगलबार खिचिएको संजयले भारतीय मिडियास“ग बताएका छन् ।

यसैविच, यो चलचित्रका लागि नायिकाको रुपमा काजोल अग्रवालले काम गर्ने पक्का भएको छ । काजोलले बुधबारबाट काम सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

काजोल नायक अव्राहमको प्रेमिकाको भूमिकामा चलचित्रमा देखिदैछिन् । उनले, काम गर्नका लागि सहजै हुन्छ भनेको निर्माणपक्षले बताएको छ । यो ग्याङस्टार चलचित्र हो । संजयले काजोलको भूमिकाको बारेमा भनेका छन् उनलाई सुरुवातमा चलचित्रमा जोनको प्रेमिकाको भूमिकामा देख्न पाइनेछ । पछि, उनी जोनकै पत्नीको रुपमा देखिनेछिन् ।

संजयले चलचित्रका लागि १७ बर्षको उमेरकी कलेज गल हुदै ३० बर्षकी श्रीमतीको रुपमा देखिने नायिका खोजेका थिए । यसका लागि काजोल फिट भएको उनको तर्क छ । काजोल साउथ चलचित्र बजारमा चर्चित नायिकाको रुपमा परिचित छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles