रौतहट १९ भदौ । चुरे दोहन संगै अबैध रुपमा भईरहेको खोलाजन्य बस्तु दोहनका कारण बर्षेनी बागमती नदीमा आउने बाढीबाट रौतहट र सर्लाही सहित सीमावर्ती भारत विहारको विभिन्न जिल्लामा परिरहेको असर बारे नेपाल र भारतका नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल–भारत खुला सीमा संवाद समूह जनकपुरद्धारा हालै रौतहटको गौरमा भएको सहजीकरण जनसंवाद कार्यक्रममा सहभागी दुवै देशका नागरिक समाजका अगुवाहरुले चुरेदोहन र अनाधिकृत रुपमा मेशिन प्रयोग गरेर खोलाजन्य बस्तुहरु निकाल्ने गरेको कारण बर्षेनी बागमती नदीमा आउने बाढीबाट दुवै जिल्ला सहित भारत विहारको विभिन्न जिल्लामा पारिरहेको प्रत्यक्ष असरबाट चिन्ता व्यक्त गर्दै वागमती किनारमा बसोबास गर्ने बासिन्दाहरु माथि राज्यको यथाचित ध्यान पुग्न नसकेको निष्कर्ष निकालेका हुन् ।
चुरे क्षेत्रमा बढिरहेको अव्यवस्थित बस्तीको प्रत्यक्ष प्रभाव वातवरण माथि परिरहेको तथा तल्लो भेगमा गिटीबालुवा निकाल्ने वहानामा मेशिनको प्रयोग गरेर जथाभावी उत्खननले गर्दा बर्षेणी बाढीले पु¥याउने मानवीय एवं भौतिक क्षति न्यूनिकरण गर्नेबारे सम्वन्धित निकायबाट समयमा नै ध्यान नपुर्याउदा दुवै देशका जनताहरु समस्या भोगिरहेका छन् ।
अनुगमनको क्रममा विपदको समयमा दुवै देशका स्थानीय समकक्षी पदाधिकारीबीच
हट लाईनु संवादको अभाव देखिएको टोलीमा सहभागी तथा तराई मधेशका बरिष्ठ पत्रकार चन्द्रकिशोरले जानकारी दिए । चुरे विनासका कारण नदी क्षेत्रमा बालुवाको मात्रा बढेको, बाढीले मलिलो माटो बगाउदा उत्पादन क्षमता घटेको, पिउने पानी दुषित बन्न पुगेको, तटबन्ध समय समयमा मर्मत सम्भार नहुूदा बाढीको समयमा ठूलो जोखिम मोलेर बस्नु परेको समेत धारणा चन्द्रकिशोरले राखे ।
नेपाल भारतको सिमा सम्म रहेको बागमती नदी किनारमा बा“ध नरहेको कारण नदीको दुवै किनारमा बनाइएका तटबन्धलाई भारतले निर्माण गरेको बाँधसम्म नर्पुयाउँदा बाढी बस्तीमा पसेर दुवै देशका जनता प्रभावित हुने गरेको पाइएको उनले बताए ।
भारतले बनाएको बाँधमा राखिएको सुलिस (स्वीच) गेटको उपयोग सही ढंगबाट हुन नसकेको, नदीसँग जोडिएको नहर तथा सहायक नदी क्षेत्रमा तटबन्धमा बाढीको दवाव रोक्न ध्यान नदिएको, भारतले सीमा क्षेत्रमा एकतर्फी रुपले बनाएको वाँधका कारण नेपालतर्फ डुवान पर्ने गरेका पाइएको उनले बताए ।
काठमाडौंको शिवपुरी डाडामा रहेको बागद्वार उद्गम स्थल रहेको बागमती नदी चोभारको गल्छी हुूदै तराईको रौतहट सर्लाही भएर भारतको बिहार सम्म बग्ने गरेको हुूदा यस नदीलाई दिर्घकालिन रुपमा समस्या समाधान गर्ने तर्फ नेपाल भारतका सरकारहरुले गम्भीर ध्यान पुर्याउनु पर्ने आवश्यक देखिएको छ । भारत बिहार राज्यको सीतामढी, शिवहर, मुजफ्फरपुर, दरभंगा, समस्तीपुर, खगडीयासम्म वागमती नदीको बाढीले क्षति गर्ने गरेको छ ।
अध्ययन टोलीमा बिहारका नागरिक समाजका अगुवा अरूण दास, नागेन्द्र प्रसाद सिंह र नेपालको तर्फबाट चन्द्रकिशोर, राजीव झा, सहितका अगुवाहरु संगै गौर, राजदेवी, माधवनारायण, गढीमाई नगरपालिका र दुर्गा भगवती गाउूपालिकाका प्रमुखहरुले विहारको रूसलपुर, छनकी, जमला, पर्सा, श्रीनगर, बसबिट्टा, मनियारी, बडहडवा तथा पश्चिमी तटबन्ध क्षेत्रका आदमबान, मसाही, बैरगनियासम्म स्थलगत निरीक्षण गरेर नागरिक संग सम्बाद गरेका थिए ।
यसैगरी उक्त टोलीले नेपाली भुभाग ब्रम्हपुर, बसतपुर, बडहर्वा, मत्सरी, गढो, धरमपुर, समनपुर सम्मको तटिय क्षेत्रको अनुगमन गरी समस्या पहिचान गरेको थियो ।
उक्त संवाद टोलीले गत भदौ ९ गतेदेखि तीन दिनसम्म प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर गौरमा आयोजित कार्यक्रम मार्फत निष्कर्ष निकालेर दुवै देशका सरकार समक्ष प्रतिवेदन पेश गरी समस्या समाधानको लागि ध्यानाकर्षण गराउने संवाद टोलीका सदस्य प्रेमचन्द्र झाले जानकारी दिए ।