तेलुगू फिल्ममा परमिता राणा

मुम्बई–हिट फिल्म चपली हाइटको पहिलो सिक्वेल चपली हाइट २ बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री परमिता राज्यलक्ष्मी राणाको अभिनय तेलुगू फिल्ममा पनि रहने भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले तेलुगू फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेकी हुन् ।
तेलुगूका एक्सनस्टार गोपीचन्दको मुख्य भूमिका रहने एक फिल्ममा आफु लिड हिरोइन रहेको उनले सार्वजनिक गरेकी छन् । नाम नखुलाइएको फिल्मको शुक्रबार हैदरावादको एक मन्दिरमा शुभमुहूर्त समेत भएको छ ।
सुपरस्टार गोपी चन्दस“ग प्रतिष्ठित एसवीसीसी फिल्म ब्यानरबाट बन्ने फिल्म पाउदा सम्मानित भएको महशुस गरेकी छु, फिल्मको मुहूर्त तस्वीरका साथ उनले लेखेकी छन् । बिनु सुब्रह्मण्यमको निर्देशन रहने यो फिल्म ठूलो बजेटमा निर्माण हुन लागेको हो । विभिएसएन प्रसादले निर्माण गर्न लागेको फिल्ममा उनको बोल्ड छवि समेत देख्न मिल्नेछ । बिनुले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत भर्नेछन् । चपली हाइट २ पछि चङ्गा चेटमा अभिनय गरेकी परमिताको दी कर्मा रिलिजको तयारीमा रहेको फिल्म हो ।
प्रेम, ब्रेकअफ र बोल्ड छविका कारण नेपाली कलाक्षेत्रमा हमेसा चर्चामा रहने परमिताले तेलुगू फिल्ममा कतिको चर्चा र सफलता पाउछिन् । त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles