प्रदेश २ ले अघि सार्यो ४० बाह्र १ चार/सापकोटा

जनकपुरधाम,०३ असोज ।
प्रदेश नम्बर २ का होटल तथा पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष उदय सापकोटा ( सुरेन) ले प्रदेश २ को पर्यटन बिकासमा प्रत्यक्ष रुपमा चासो लिने मुख्य मन्त्री पाउनु प्रदेश २ का पर्यटन ब्यबसायीहरूको मात्र नभएर सिंगो प्रदेशको सम्बृद्धिको ढोका खुलेको अनुभुती भैरहेको बताएका छन् ।
उनले रौतहट र सर्लाही जिल्लाको कुनै पनि प्रतिनिधित्व नरहेको तर नेपाल लाई राम्ररी बुझेका पर्यटननै नेपालको पहीचान र समृद्धि हुन सक्छ भनेर निरन्तर लागी रहेका प्रष्ट बक्ता यूवा ब्यक्तित्व मनिष झा कार्यक्रम संयोजकको रूपमा रहने गरी गठित भिजिट नेपाल २०२० प्रदेश २ समन्वय समिति पाउंदा यस प्रदेश को पर्यटन बिकासले फरकपन पाउने कुरामा कुनै दुईमत रहेन र हामीलाई अझै धेरैउर्जा प्राप्त भएको बताएका छन् ।
पर्यटन बर्ष २०२० संगै यस प्रदेशले पर्यटनमा फरक पहिचान स्थापित गर्न सक्ने बिश्वासका साथ अघि सारिएको १२ बुंदे सुझाव प्रदेश सरकारको निति तथा कार्यक्रममा समावेश गरेको खबरले हामीलाई उत्साहित बनायो र प्रदेश २ का उर्जाशिल पर्यटन ब्यबसायी हरूको छाता संगठन नेपाल होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ ले आफ्नो कार्यनितिमा प्रदेश सरकार र स्थानिय सरकार संग समन्वय गर्दै भिजिट नेपाल २०२० समन्वय समिति संग सहकार्य गरी ४० बारह १ चार, प्रदेश २ पर्यटनको मुख्य आधार कार्यक्रम अगाडि सारेको छ । यो कार्यक्रम सफल हुनु नै प्रदेश २ को तर्फ बाट पर्यटन बर्ष सफल हुनु हो ।
नेपाल यस्तो देश हो जहां सानो थुम्को र पोखरी लाई समेत पर्यटकीय गन्तब्यको रूपमा हेरिन्छ र बजेट बिनियोजन गरिन्छ । हुनत यस्ता हरेक ठा“उले आ–आफ्नै मौलिकता र ईतिहासको महत्व बोकेका हुन्छन । तर सम्बृद्ध नेपाल निर्माणको लागी पर्यटनको मुल आधार ति सबै बन्न सक्दैनन । यसरी साना साना गन्तब्य हरूलाई बजेट छर्दै जाने हो भने हाम्रो देशको पर्यटन बिकासका नाममा केही दलका कार्यकर्ता पालिने बाहेक थप उपलब्धिमूलक केही काम नहुने नैं देखिन्छ ।
देशले सांच्चै पर्यटनमा फरक छलाङ मार्ने हो भने पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा हाम्रा मुख्य गन्तब्य हरू लाइ क्रमशः गरी महत्वका साथ राखिनु पर्छ । नेपाल घुम्न आउने कुनै पनि पर्यटकले नेपालका गन्तब्य बारे बुझ्न खोज्दा प्रत्यक प्रदेशमा एउटा एउटा मुख्य पर्यटकिय गन्तब्य रहने गरी बढीमा १० गन्तब्य बुझोस । १० का तल प्रत्यक गन्तब्यको नजिक रहेका १०–१० गन्तब्य उल्लेख गरेर प्रचार गर्नु पर्छ । राज्यले अघिसारेको १०० गन्तब्य एकै पटक देखाउदा पर्यटक हरू दोधारमा पर्छन कुन ठा“उ घुम्ने कुन ठा“उ छोड्ने ।
हामि १०० भन्दा धेरै गन्तब्यको बिकास गर्न सक्छौं तर मुख्य प्राथमिकतामा १० गन्तब्य राखेर राष्ट्रिय अन्तराष्ट्रिय स्तरको प्रचार प्रसारमा अघि बढ्यौं भने सफलता छिटो हात लाग्छ । यस्तो ठुलो उदेश्य लिएर प्रदेश २ सरकार, भिजिट नेपाल २०२० समन्वय समिति प्रदेश २ को समन्वय र सहकार्यमा नेपाल होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ ले अघि सारेको कार्यक्रम हो ४० बारह १ चार । यस कार्यक्रम अन्तर्गत प्रथम चरणमा प्रदेश २ का आठै ओटा जिल्ला बाट पांच पांच वटा मुख्य पर्यटकिय गन्तब्यको छनौट गर्ने कार्य सम्पन्न गरी नेपाल होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश २ को प्रथम महाधिवेशनको समुद्घाटन समारोहमा माननिय मुख्य मन्त्री ज्यूको करकमलबाट ४० गन्तब्यको फोटो बिमोचन गरी सकिएको छ ।
छनौट भएका ४० गन्तब्यको प्रचार प्रसार स्थानिय स्तर संम्म गर्नु पर्नेछ र त्यसको बिकास एवं सम्बर्धनको लागी सम्बन्धित स्थानिय सरकारको मुख्य दायीत्व रहने गरी प्रस्ताव गरिनुपर्छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत प्रदेशको राष्ट्रीय राजमार्ग क्षेत्र (प्रदेश तिनको सिमा चुरे पहाड देखि प्रदेश १ को सिमा कोशी नदि संम्म) को राष्ट्रीय राजमार्गको यात्रामा केही दांया बांया यात्रा गर्दा पुग्न सकिने गरी ४० मध्य बाट १२ गन्तब्य लाई यस प्रदेशको राष्ट्रिय राजमार्गका पर्यटकिय गन्तब्यको रूपमा प्रचार प्रसार गर्ने गरी प्रस्ताव अघि सारिएको छ र ति गन्तब्य हरूको प्रवर्द्धनमा प्रदेश सरकार संगै सम्बन्धित स्थानिय सरकारको दायीत्व रहने र चालिस गन्तव्य मध्यकै उत्कृष्ठ गन्तब्य अर्थात प्रदेश २ कै मुख्य पर्यटकिय गन्तब्यको रूपमा देशकै मुख्य १० पर्यटकिय गन्तब्यमा समाबेश हुने गरी प्रदेश २ मा पर्ने पौराणिक धार्मिक रामायण शहर जनकपुरधाम लाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने गरी प्रस्ताव अघि सारिएको छ ।
राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र यसको बिकासमा प्रदेश सरकार संगै संघिय सरकारको दायित्व रहने गरी प्रस्ताव गरीनु पर्छ । राष्ट्रिय राजमार्ग केन्द्रित १२ गन्तब्य मध्य बाट जनकपुर समेत गरी उत्कृष्ट चार गन्तब्यको छनौट गरी राष्ट्रिय स्तर संम्म प्रचार प्रसार एवं बिकासका लागी प्रस्ताव गरिएको छ ।
प्रदेश २ कै सर्वोत्कृष्ट गन्तब्य जनकपुरधाम लगायत प्रस्तावित चार उत्कृष्ट गन्तव्य प्रदेश २ को पुर्वमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष, मध्यभागमा रहेको नुनथर बागमती पर्यटकिय क्षेत्र र पश्चिममा रहेको पर्सा राष्ट्रीय निकुञ्ज रहेका छन । यी सबै गन्तब्य समेट्ने गरी १. जनकपुरधाम २. कोशी टप्पु, नुनथर र पर्सा राष्ट्रीय निकुञ्ज ३. राष्ट्रिय राजमार्ग दांया बांया १२ रमणीय गन्तब्य ४. प्रदेश भरी बाट छनौट भएका मुख्य ४० पर्यटकिय गन्तब्य अटाउने गरी प्रदेश २ स्पेसल जनकपुर प्याकेज नैं ४० बारह १ चार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles