चन्द्रपुर ५ असोज । घर घरै सेवा सुविधा पाउन थालेपछि रौतहट चन्द्रपुर नगरपालिकाका अधिकांश गृहिणी एवं चामल विक्रेता खुसी भएका छन् ।
धान कुट्ने आधुनिक प्रविधिसहितको मोबाइल ट्रेक्टर घर घरै पुगेर धान कुट्न थालेपछि उनीहरु खुसी भएका हुन् । यस अघि फुर्सद निकालेर टाढा÷टाढा धाउदै धान कुट्ने मिल पुग्नु पर्ने अवस्थाबाट मुक्त भएपछि धान उत्पादक किसान र चामल विक्री गर्ने विक्रेतालाई निकै सहज भएको चन्द्रपुर–६ मोथियाहीका चामल विक्रेता लक्ष्मण चौधरी बताउनु हुन्छ ।
उहा काअनुसार मोबाइल मिलले गर्दा अन्य मिलमा जा“दा लाग्ने ढुवानी खर्च समेत जोगिएको छ । नगरपालिकाको वडा नम्बर ५ निवासी शिवपुजन साहले करिब दुई लाख रुपिया“ लगानी गरी ट्रेक्टरको टेलरमा धान कुट्ने आधुनिक प्रविधि जडान गर्नु भएको छ । नगरपालिकाको प्रत्येक वडामा पुगेर उक्त प्रविधिको प्रवद्र्धनात्मक कार्य गरेपछि अहिले उहाँलाई धान कुट्न भ्याई नभ्याई छ ।गा“उका दुई–चार घर मिलेर दुई–चार क्विन्टर धान कुट्न बोलाउना साथ उहा“ पुगिहाल्नु हुन्छ । आफु एक्लैले भ्याउन नसकेपछि उहा“ले दुई जना कामदारलाई रोजगारी समेत दिनु भएको छ ।
ती कामदारले धान कुट्न गर्नु पर्ने सबै काम आफैले गरी किसानलाई चामल उपलब्ध गराउछन् । एक क्विन्टल धान कुट्न दुई सय ५० रुपिया“ तिर्नु पर्छ किसानले । धान कुट्न लाग्ने ज्याला अन्य मिलको सहर नै छ तर, सेवा भने घर घरै पुगेर दिइन्छ भन्नुहुन्छ उक्त मिलका धनी साह । किसानले धानको भुस तथा ढुटो मिल मालिकलाई छोडेमा कुटान निशुल्क हुन्छ । आउदा दिनमा मकै र गहु पिसान गर्ने यन्त्र समेत जडान गरी घरदैलो सेवा प्रदान गर्ने सोचमा हुनुहुन्छ उहा“ । उक्त मोबाईल सेवाले धान कुट्न अन्यत्र जा“दाको झन्झटबाट मुक्त भएको अनुभव सुनाउनु हुँदै चन्द्रपुर नपा–१ कि सुचित्रा घिमिरे घर घरै पुगेर धान कुट्न थालेपछि समय र श्रमको बचत भएको बताउनु भयो ।
उहा“काअनुसार मिलबाट निस्किएको चामल बिया“ तथा भुसरहित हुने हुदा केलाउने झन्झट पनि पर्दैन । मोबाइल मिलले घर घरै पुगेर धान कुट्न थालेपछि अन्य कुटान पिसान मिलको धान कुटान कार्य प्रभावित बनेको भन्दै ती मिलका सञ्चालक रुष्ट बनेका छन् । घरेलु तथा साना उद्योगको कार्यालयबाट कुटान पिसान मिल स्थापनाको अनुमति लिएर सञ्चालन गरेका ती मिलका सञ्चालकले मोबाइल मिल गैर कानुनी ढंगबाट सञ्चालन भएको आरोप लगाउदै सम्बन्धित निकायले उक्त सेवालाई या त कानुनी मान्यता दिनु पर्ने या बन्द गर्नु पर्ने माग राखेका छन् ।