आकस्मिक शेवा सुरु भए संगै बिरामीको चाप

रौतहट १५ असोज । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रमा आकस्मिक शेवा सुरु भए संगै बिभिन्न बिरामीको उपचार गराउन आउनेको घुईचो लागेको छ ।

केन्द्रमा दैनिक एकसयजना बिरामी ओपिडी शेवामा आउने गरेको डाक्टर अर्पणलाल कर्णले बताएका छन । प्राथमिक स्वास्थ केन्द्र कटहरियामा एकजना महिला डाक्टर सहीत तिनजना एमबिबिएस डाक्टर र तिनजना अनमी नर्सले २४औ घन्टा सेवा दिनथाले पछी ओपिडी बिरामीका साथै सुुत्केरी गराउने बिरामीको संख्या समेत बढेको छ ।

पछिलो दुुईमहिनाको अवधिमा मात्र प्राथमिक स्वास्थ केन्द्र कटहरियाको बर्थिग सेन्टरमा ८० जना महिलाको सामान्य तरीकाले सुत्केरी गराईएको महिला डाक्टर अंशुु मलले जानकारी दिएकी छिन ।

जिल्लाको कटहरिया लगायत अन्य बजारमा रहेका केही निजि क्लिनिकमा सुत्केरी गराउन जा“दा १०–१५ हजार सम्मको बिल बनाउने र प्राथमिक स्वास्थ केन्द्रमा जा“दा सबै औषधी निशुुल्क हुनुका साथै उल्टै सुुत्केरी महिलालाई गाडी भाडा बापत सरकारले एकहजार रुपैया दिनेगरेकाले एकजना अभिभावक करण कुमारले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles