खाद्यको नेतृत्वमा हेटौंडा बजारको अनुगमन

नबराज कोइराला। हेटौंडा बजार अनुगमनको क्रममा भारी मात्रामा अखाध्य बस्तु जफत गरिएको छ। सोमबार खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,घरेलु कार्यालय, उपभोक्ता वादी ,पत्रकार लगाएतको संयुक्त टोलिले हेटौंडा ५ सानोपोखरा,पुष्पलाल चौकमा रहेका खाद्य तथा किराना पसलको अनुगमन गरेको हो। संयुक्त अनुगमन टोलीले हेटौडा ५ सानोपोखरामा रहेको आर बि स्टोर्स बाट म्याद नाघेका पेय पदार्थ,कुल्फी जफत गरेको छ भने शिशिर किराना एण्ड कोल्ड स्टोर्स बाट म्याद नाघेका खाध पदार्थ प्रयोग गर्नै नसकिने फलफुल तथा तरकारी ठुलो परिणाम मा भेटिएको हुनाले तिन दिन भित्र खाध प्रविधि तथा गुण नियंत्रण कार्यालय उपस्थिति को लागी पत्र काटिएको छ।

अनुगमन कै क्रममा पुष्पलाल चौकमा रहेको तिरूपती मार्ट बाट म्याद नाघेका खाध पदार्थ जफत गर्दै बिना इजाजत खाध पदार्थ प्याकिगं गरेको पाइएकोले सचेत गराइएको छ।आज १३ वटा पसलको अनुगमन गरिएको थियो। अनुगमन टोलीमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा,सरोज पौडेल,जिल्ला प्रशासन कार्यालयका सहदेव आचार्य,घरेलु तथा साना उद्योग कार्यालयबाट प्रणय प्रसाद अर्याल, हेटौंडा उपमहानगरपालिका का भैरव कुमाल,उपभोक्ता मंच नेपाल मकवानपुरका सचिव नबराज कोइराला,उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष बासु खतिवडा, उद्योग वाणिज्य संघ मकवानपुरका माधव ज्ञवाली सहभागीता रहेको थियो। अनुगमनका क्रममा अखाद्य बस्तु,लेवल तथा मिति नभएका खाद्य सामग्री तथा पेय पदार्थ जफत गर्दै पुन भेटिए प्रचलित कानून अनुसार कारवाही गर्ने पसलका संचालकलाई जानकारी गराउदै सचेत गराइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles