वी.पी.सग्रांलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल सम्मानित

नबराज कोइराला,पौष १९ हेटौडा। वी.पी.विचार समाज मकवानपुरले एक समारोह बिच सुन्दरीजल वी.पी.सग्रांलयका संस्थापक अध्यक्ष परशुराम पोखरेललाई सम्मान गरेको छ । समाजले ४४ औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा वी.पी.सग्रांलय स्थापना गर्न जेल,नेल तत्कालीन शाही सेनाको अत्याचारको परवाह नगरी स्थापना काल देखी हाल सम्म अहोरात्र महामानव वी.पी कोइरालाको इतिहास जिवन्त राख्न रचनात्मक कार्य गरि आएको भन्दै सग्रांलयका अध्यक्ष परशुराम पोखरेललाई प्रमाण पत्र र नगद रू.११ हजार १ सय ११ रुपैयाँ नगद सहित सम्मान गरेको हो। नेपाली कांग्रेस मकवापुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल,समाजका अध्यक्ष विनोदचन्द्र कोइराला लगाएतले पोख्रेललाई सम्मान गरेका थिए ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्ष तथा सम्मानित व्यक्तित्व पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका काव सभापति विष्णु प्रसाद लामिछाने,नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार रामचन्द्र अर्याल,पार्टी प्रवक्ता प्रदीप कोइराला,कांग्रेस महिला नेतृ रिता खनाल,जि. पी.फाउण्डेशनका मकवानपुर संयोजक नारायण प्रसाद लम्साल,शिक्षक संघ प्रदेश ३ की सदस्य स्वेता कोइराला लगाएतले विश्वेस्वर प्रसाद कोइरालाको व्यक्तित्व, योगदान बारे चर्चा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles