सागर हुमागाई
चन्द्रपुर । रौतहटको चन्द्रपुरमा रहेको मुक्तिनाथ विकाश बैंकले आफनो १४ औ वार्षिक उत्सवको अवसर पारेर ंसरसफाई कार्यक्रमको आयोजना गरेको छ । बैंकले कलाकारद्घय तथा सामाजिक अभियन्ता सिताराम कट्टेल “धुर्मस” र कुन्जना घिमीरे “सुन्तली ” द्घारा निर्मित एकिकृत नमुनाबस्ति सन्तपुरमा सरसफाई तथा अन्य सामाग्रीवितरण गरेर वार्षिक उत्सव मनाएको छ । बैंकले बस्तिमा पाच वटा डस्टबिन,हात धुने साबुन,झाडु तथा अन्य सामाग्री वितरण गरेको छ ।
शनिवार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस संगठन प्रदेश न. २ का सह–संयोजक फणी महतले नमुना बस्तिमा बस्नेहरुलाई भ्रमण वर्ष चलिरहेको बस्तिमा बिभिन्न ठाउ बाट पर्यटक आउने भएकाले बस्तिलाइ सफा र सुन्दर बनाइ राख्न अनुरोध गर्नुभयो । पछिल्लो समय बस्तिमा जथाभावी फोहोर गर्ने काम बढेकाले डस्टबिनमा फोहोर राख्न अनुरोध गर्नुभयो ।
विशिष्ट अतिथी मुक्तिनाथ विकाश बैंक चन्द्रपुर शाखाका शाखा प्रबन्धक युगप्रशाद गौतमले मानवजिवनमा स्वस्थ रहन सरसफाइ जरुरी रहेको बताउनुभयो ।आफ्नो बस्ती सफा रह्यो भने आफ्नो स्वस्थ राम्रो हुने भएकाले बस्तीलाई सफा र सुन्दर बनाउन ध्यानदिन अनुरोध गर्नु भयो ।
नेपाल सरकारले भ्रमण बर्ष मनाउदै गर्दा अवलोकनगर्न एकीकृत नमुना बस्ती पनि उचित गन्तव्यको रुपमा रहेको हुनाले बस्तीलाई सफा बनाउन आफू र आफ्नो बैक निरन्तर लाग्ने बताउनुभयो ।
बैंकका कर्मचारी सरोज काफ्ले र कृष्णलाल थापाले बस्तीमा रहेको सम्पुर्ण परिवारलाई हात कसरि धुने,आफू सफा कसरि बस्ने,बस्तिलाइ कसरी सफा राख्न सकिन्छ भनेर सिकाउनु भएको थियो ।
उक्त कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी स्थानीय र पत्रकारले नमुना बस्तीको परिसर सफा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा क्यान्स इन्जिनियरिङका युवा इन्जिनियर नवीनकुमार साह ,आर्ट पोइन्ट का सुवास गौतम र पत्रकारहरुको उपस्तिथि रहेको थियो । कर्यक्रमको सभाअध्यक्ष नमुना बस्तीका अध्यक्ष सत्यनारायण माझीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन मुक्तिनाथ बिकास बैकका कर्मचारी कृष्ण लालथापाले गर्नु भएको थियो ।