चन्द्रपुर,२९ पुस ।
रौतहट जिल्लामा राजनीति र कृषि पेशामा नेता कार्यकर्ताहरुको संख्या बढ्दै गएको छ ।
राजनीतिक यात्रासंगै आर्थिक आत्मनिर्भरताका लागि कृषि तथा पशुपंछिको ब्यवसायिकपालनमा हात हाल्दै जाने क्रम बढेपछि खासगरि धेरैजसो बाम राजनीतिका युवापुस्ताको संख्या बढ्न पुगेको हो ।
युवा पुस्ताका राजनीतिज्ञले माछा तथा हा“स,पाडापाडी,अन्डा र मासु लक्षित लोकल,बोइलर,लेज टर्कीजस्ता कुखुरा पालन गर्दै आएको पाईएको छ । पुर्व सभासद देवेन्द्र पटेल, युवा नेता वाहिद अन्सारी, मुकेश गुप्ता,अर्का नेता काजीमान माझी,अमृत श्रेष्ठ लगाएतका युवा नेता यतिबेला राजनीतिसंगै कृषि कर्ममा ब्यस्त रहदै आएको पाइन्छ । कृषि फर्म नै दर्ता गरी केरा, माछा, फलफुल तथा पशुपालनमा उनीहरू जुटेका छन् । नेता अन्सारीको चन्द्रनिगाहपुर चोकबाट तीन किलोमिटर दक्षिणमा चन्द्रपुर लाइभस्टक प्रा.लि सञ्चालनमा छ । उहा“ले तीन वर्षदेखि चन्द्रपुर नगरपालिका वडा नम्वर छ महादेव मन्दिरस्थित अढाई विघा जमिन भाडामा लिएर कृषि फर्म सन्चालित छ । २०५७ सालदेखि नेकपा माओवादीमा लागेर राजनीतिमा संघर्ष गर्दै आउनु भएका नेता वाहिद अन्सारीले पार्टीले लिएको नीतिअनुसार आफैले व्यवसाय थालेको बताउनुहुन्छ ।
पहिलो संविधानसभाको निर्वाचनमा एमालेका नेता माधवकुमार नेपाललाई रौतहट क्षेत्र नम्वर छ बाट पराजित गरी चर्चामा आउनु भएका पुर्व सभासद देवेन्द्र पटेल दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएपछि कृषि कर्मतर्फ लाग्नु भएको हो । पटेलले बृन्दावन नगरपालिकाको बलेरीमा ब्यवसायीकरुपमा पाडापालन गर्दै आउनुभएको छ । राजनीति सामाजिक सेवा मात्र रहेकाले कृषि कर्मले समस्या नहुने उहा“हरुको भनाई छ ।
नेकपाका नेता काजीमान कुस्वार माझीको गुजरा नगरपालिका अन्तर्गत सिमरीमा एकिकृत कृषि फर्म सन्चालनमा रहेको छ । त्यसैगरी,युवा नेता मुकेश गुप्ताले चन्द्रपुर नगरपालिकाको बालचनपुरमा हाँस र माछाको ब्यवसायिक कृषि फर्म सन्चालित छ । युवा नेता श्रेष्ठको भने चन्द्रपुर नगरपालिका वडानम्वर पाँच चिडियादहमा बंगुर पालन गर्दै आउनुभएको छ । राजनीतिसंगै आर्थिक उपार्जनका लागि यस क्षेत्रमा लागेको र आफुहरूले कृषि कर्मका लागि अनुदानमा आधारित नभई ब्यवसाय सन्चालन गरेको उहा“हरुको भनाइ छ ।