महेश बाबूले रामायणमा काम नगर्ने

मुम्बई–बलिउडमा रामायण, महाभारत जस्ता एपिक विषयमा फिल्म बनाउने ट्रेन्ड नै चलेको छ ।
प्रभास, दीपिका पादुकोण र सैफ अली खान चा“डै रामायणमा आधारित फिल्म आदिपुरुषमा काम गर्दैछन् । निर्माता मधु मन्टेनाले पनि गत वर्ष रामायण थ्रीडी फिल्म निर्माण गर्ने घोषणा गरेका थिए ।
नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ऋृतिक रोशन र दीपिका पादुकोण एकसाथ देखिदैछन् ।
साउथ सुपरस्टार महेश बाबूलाई पनि फिल्म रामायण थ्रीडीका लागि भगवान् रामको रोल अफर गरिएको थियो । तर, उनले यो फिल्ममा काम नगर्ने भएका छन् । उनले बाहुबली फेम्ड निर्देशक एसएस राजामौलीको फिल्मलाई पहिला नै डेट्स दिइसकेकाले ऋृतिक र दीपिकास“गको प्रोजेक्ट नकारेका हुन् । उनलाई रामायण थ्रीडीको भन्दा राजामौलीको फिल्मको स्टोरी मन परेको छ ।
फिल्ममा ऋृतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् । तर, यो फिल्मभन्दा अगाडि ऋृतिकले साउथ फिल्म विक्रम वेधा को हिन्दी रिमेकको छायांकन गर्नेछन् । उनको पाइपलाइनमा फिल्म फाइटर पनि छ । त्यस्तै, दीपिकाले पठान, द इन्टर्न र फाइटर फिल्मको छायांकन पूरा गरेपछि रामायण थ्रीडीका लागि समय निकाल्नेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles