एजेन्सी–आनन्ददायक यौन जीवनका लागि धेरै व्यावहारिक कुरा जान्नु जरुरी छ । यौन जीवनमा आनन्द लिनको लागि यौन सम्पर्कको सुरुदेखि अन्तिमसम्मका विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ ।
जब यौनको कुरा हुन्छ त्यसमा रोमान्स पहिलो महत्वको कुरा हो । यौनले केवल सम्भोगलाई मात्र बताउने गर्दैन । धेरैपुरुषहरू सिधै यौन सम्पर्कमा ध्यान दिन्छन् ।
जसले गर्दा धेरै रमाइलो हुन्न । यसको कारणले गर्दा उनीहरुको यौन जीवनमा धेरै मजा आउने गर्दैन । त्यसैले यहाँ हामी सेक्सको बारेमा मुड सेट गर्ने बारेमा कुरा गर्नेछौं ।
पर्याप्त समय दिनुहोस्
यौन जीवनको लागि समय धेरै महत्त्वपूर्ण कुरा हो । समयको आवश्यकता जताततै देखिन्छ । यौन सम्पर्कको क्रममा जति धेरै समय तपाईं दिनुहुन्छ त्यति नै राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।
रोमान्टिक मुड सेट गर्न समय लाग्छ । त्यसैले यौनको क्रममा हतार नगर्नुहोस् । पहिले साथीस“ग हासिखुसी समय बिताउने कोसिस गर्नुहोस् । यसले मुड सेट गर्न मद्दत गर्दछ ।
राम्रो कुराहरु गर्नुहोस्
कुराकानी जति गर्यो उति नै नया“ कुरा आउछ ।
धेरै कुराकानी गर्नाले ठूलो हदसम्म तपाईंलाई फाइदा पुग्न सक्छ। शयनको लागि ओच्छ्यानमा जाँदैमा राम्रो वार्तालाप गर्दै जानुहोस् । यसले दिमागलाई तनावमुक्त बनाउछ । यदि दिमाग खुशी छ भने यसको फाइदा पनि धेरै हुन्छ ।
पार्टनरस“ग राम्रो कुराकानी गर्नु भनेको आत्मप्रशंसा गर्नु वा भाषण गर्नु होइन। न त तपाईंलाई प्रेरक कुरा गर्नु आवश्यक छ ।
बरु यस समयमा रोमान्टिक कुराहरू धेरै गर्नुपर्छ । तपाईंको पार्टनरलाई बधाई दिनुहोस् वा तपाईंको पार्टनरस“ग तपाईंको विगतको अनुभव साझेदारी गर्नुहोस् ।
तपाईंको साथीको हात समातेर कुराकानी गर्नुहोस् । यसले मुड सेट गर्न मद्दत गर्छ । त्यसकारण कुराकानीको बखत पार्टनरको हात समात्नुहोस् र कुरा गर्नुहोस् । धेरै मानिसहरू अचानक एकअर्कास“ग टासिन पुग्छन् । त्यसो गर्नबाट जोगिनु पर्छ ।
कपाल मिलाइदिनुहोस्
केटीहरू आफ्नो कपाल बिस्तारै मिलाउन मन पराउछन् । तपाईं यो चीजको फाइदा लिन सक्नुहुनेछ । यदि तपाईंले यसलाई राम्रोस“ग प्रयोग गर्नुभयो भने यसले यौन अनुभवलाई रमाइलो बनाउछ ।
यसले तपाईंको पार्टनरलाई राम्रो महसुस गराउछ । तर राति अबेरसम्म यसो गरिरहदा पार्टनर निद्रामा पर्न सक्छ । त्यसैले समयको पनि ख्याल गर्नुपर्छ ।
कपडा नखोली विभिन्न अंगमा स्पर्श गर्नुहोस्
पार्टनरको विभिन्न अंगमा कपडा नखोली स्पर्श गर्नुहोस् । यसमा पनि समयको ख्यषाल गर्नुपर्छ । केहीबेरमा बिस्तारै कपडा खोल्नुहोस् ।
यसो गर्नाले एक रोमान्टिक मुड सिर्जना गर्न सक्छ ।
आफ्नो आ“खा बन्द गर्नुहोस् र महसुस गर्नुहोस् ः जब तपाईं आफ्नो साथीस“ग हुनुहुन्छ, कोठामा धुमिलो प्रकाश मात्र हुनुपर्छ । आ“खा बन्द गर्नुहोस् र महसुस गर्नुहोस् कि पार्टनरको पलकहरू पनि बन्द गर्नुहोस् ।
यौन जीवनलाई कसरी रोमाञ्चक बनाउने ?
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg