काठमाण्डौं–कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले भने राजधानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ ।नया“ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए ।
आउदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरुप तीव्र गतिमा काम भइरहेको उनले बताए ।
दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ फिल्म हेर्न सक्नेछन् । यो सिनेमा हलमा दीपक–दीपाश्रीस“गै छक्का पञ्जा समुहमा आबद्ध रहेका व्यक्तिहरुको लगानी रहनेछ ।
यो समुह धेरै अगाडिदेखि छक्का पञ्जा नाममा स्तरीय मल्टीप्लेक्स हल खोल्ने तयारीमा थियो । फिल्मबाट कमाएको पैसा फिल्म क्षेत्रमै लगानी गर्ने उद्देश्यले सिनेमा हल खोल्न लागेको र आफूहरुले सिनेमा हल बनाउँदा फिल्मकर्मीलाई पनि सहज हुने उनको विश्वास छ ।
त्यस्तै, दीपाश्री निरौलाले धमाधम सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा नया“ हल खोल्दा सकारात्मक सन्देश जाने बताइन् । आउदो चैतभित्र हललाई सञ्चालनमा ल्याउने तयारीमा छक्का पञ्जा समुह छ ।
यो समुह पहिला मोफसलमा हल खोल्ने तयारीमा थियो ।
तर, कोरोना महामारीपछि तत्काल मोफसलमा लगानी गर्नु जोखिम हुने ठानेर उनीहरुले राजधानी रोजेका हुन् । नेपालका हलवाला र वितरकले नेपाली फिल्मभन्दा विदेशी फिल्मलाई प्राथमिकता दिने गरेको आरोप लगाउदै आएका दीपक–दीपाले आफ्नो हलमा भने नेपाली फिल्मलाई कति महत्त्व दिनेछन्, त्यो हेर्न बा“की नै छ ।


