काठमाण्डौं–सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म केजिएफः च्याप्टर–१ ले दर्शकमा गहिरो प्रभाव पारेको थियो ।
पहिलो च्याप्टरपछि फ्यानहरू दोस्रो च्याप्टरको पर्खाइमा बसिरहेका छन् ।
फिल्मले रिलिज डेट घोषणा गरेको छ । फिल्म सन् २०२२ को अप्रिल १४ रिलिज हुनेछ । यशले ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
च्याप्टर–२ मा पनि यश र श्रीनिधी शेट्टी शीर्ष भूमिकामा देखिनेछन् । पहिलो च्याप्टरभन्दा दोस्रो च्याप्टर अझ रोचक हुनेछ । किनभने च्याप्टर–२ मा संजय दत्त र रवीना टण्डनको पनि अभिनय देख्न पाइनेछ ।
संजय दत्त खलनायकको भूमिकामा देखिनेछन् । उनको लुक्स यसभन्दा अगाडि आइसकेको छ । कन्नड भाषामा बनेको यो चलचित्र हिन्दी, तेलगू, तमिल र मलयालम भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका छन् ।


