सांसदहरूलाई १० करोड

काठमाण्डौ। सरकारले सांसदले चाहेका परियोजनामा खर्च गर्ने बजेट २ करोडले बढाएको छ। अघिल्लो बजेटमा ४ करोड रकम विनियोजन भएकोमा यस बर्ष उक्त रकम बढाएर ६ करोड पुर्‍याइएको हो। सांसदहरूले १० करोड बजेट माग गर्दै आएका थिए।

अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत यस्तो रकम खर्च गर्ने कार्यविधिमा प्रतिनिधि सभाका समानुपातिक र राष्ट्रिय सभाका सांसदको भूमिका रहने व्यवस्था गरिने बताए।

हालसम्म अन्तिम निर्णय गर्ने अधिकार प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई रहँदै आएको छ। सरकारले निर्वाचन क्षेत्रमा सांसदले १० लाख माथिको परियोजनामा खर्च गर्ने सक्ने गरी कार्यविधि तयार पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles