काठमाण्डौ–बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेर चर्चामा आएको नेपाली फिल्म पासवर्ड शुक्रबार देखि प्रर्दशनमा आएको छ ।
बिहिबार कुमारी हलमा फिल्मको प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियरको लागि सन्नी लियोनी पनि उपस्थित रहेकी थिइन् ।
फिल्मले प्रिमियरमा उत्साहजन प्रतिक्रिया पाएको छ । फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा लगायत कलाकारको अभिनय रहेको छ ।अमित बस्नेत र हिराल जोशीको लगानी रहेको फिल्ममा अजित के.आर थापाको सह–लगानी रहेको छन् । अमरजीत सिंहले छायांकन गरेको फिल्मलाई सौरभ लामाले सम्पादन गरेका छन् । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् । चलचित्र पासवर्ड नेपालि सिनेमाकै अहिले सम्मको महङ्गो चलचित्र भएपनि चलचित्रलाई दर्शकले पत्याएनन् ,चलचित्रले लगानी उठाउन नसक्ने दर्शकहरुको ठम्याई रहेको छ ।


