५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल धेरै

फेसबुकमा मृत मानिसहरुको प्रोफाइलको संख्या तीव्ररुपमा बढिरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा आउँदा ५० वर्ष अर्थात् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने निष्कर्ष निकालेको छ ।

अक्सफोर्डले आफ्नो अध्ययनमा फेसबुकको अहिलेको वृद्धिका अनुसार ५० वर्षपछि २.३ अर्ब प्रयोगकर्तामा कमसेकम १.४ अरब प्रयोगकर्ताको मृत्यू भइसकेको हुनेछ । यो पहिलोपटक हुनेछ जतिबेला फेसबुकमा जीवितभन्दा मृतकको बढी प्रोफाइल हुनेछ ।

अध्ययनका सहलेखक डेभिड वाट्सनले भन्छन्, ‘भविष्यमा फेसबुकले इतिहासकारहरुलाई ती मानिसहरुको प्रोफाइल हेर्ने छुट दिनुपर्छ ताकि उनीहरुले इतिहासका बारेमा सही बताउन सकून् ।’

यस्ता प्रोफायलका पोस्टहरु इतिहासकारहरुका लागि एकदमै सहयोगी हुने उनको बुझाई छ । उनले भने, ‘मानव व्यवहारको यस्तो संग्रह अहिलेसम्म कहिल्यै सम्भव थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles