काठमाण्डौ–यो बर्षको सुरुवातमा रिलिज भएको चलचित्र दाल भात तरकारीका कलाकारको नाम हेर्ने हो भने नायिका प्रियंका कार्कीको नाम अगाडि छ ।
तर, चलचित्रमा हेर्दा नायिका कार्कीलाई दर्शकले आइटम गीतमा मात्र देख्न सक्छन् । नायिका कार्कीको नाम निर्माणपक्षले आइटम गर्ल मात्र भनेर किन भनेन ? नायिका कार्कीले गरेको आइटम पनि चलचित्रमा सफल हुन सकेन ।
नायिका कार्कीले सोलो रुपमा हिट चलचित्र त दिन सकेकी छैनन् । उनलाई मात्र पर्दामा देखाएर निर्माताले आशा गरेका सुन्तली, बटर फ्लाई, प्रेमदिवस जस्ता चलचित्र सुपर फ्लप भए । ठूला ब्यानरका चल्तीका कलाकार भएका चलचित्रमा मिसिएर उनी हिट भइन् ।
प्रियंकालाई दर्शकले ठूलो पर्दामा बोल्ड भूमिकामा देख्न चाहिरहेका छन् ।
तर, कार्की भने जसोतसो हुलमुलमै रमाएर यो क्षेत्रमा टिकिरहने दाउमा छिन् ।
उनले, हालैमात्र शिवहरि पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र लक्का जवानमा संझौता त गरिन् । तर, चलचित्रमा उनी मात्र नायिका हुने छैनन् ।
चलचित्रको मुख्य नायक–नायिकाका लागि कलाकार तय हुन नै बा“की छ । यस्तो अवस्थामा नायिका कार्कीको भूमिका के हुने भन्ने प्रश्न पनि आउछ ।