काठमाण्डौ–फिल्म वीर वीक्रम २ को लण्डनमा विशेष शो सम्पन्न भएको छ ।शोमा फिल्मकी नायिका बर्षा सिवाकोटी आकर्षणको केन्द्रमा परिन् । कालो लामो गाउनमा बर्षा निकै सुन्दरी देखिएकी छिन् ।
बीर बिक्रम २ को लण्डनशोमा फिल्मको तर्फबाट बर्षा र निर्माता तथा निर्देशक मिलन चाम्स सहभागी भए । सगै नायिका जसिता गुरु पनि बिर बिक्रम २ शो को पाहुन बनेर पुगिन् ।
मित्रता र प्रेमको कथा बोल्ने फिल्म बीर बिक्रम २ को देश पछि विभिन्न विदेशी मुलुकमा शो भैरहेको छ ।
फिल्ममा नायक पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ ।