बैना बट्टाको पहिलो गित तिमि संग रिलिज

काठमाडौःचलचित्र बैना बट्टाको पहिलो गित तिमि संग सार्बजनिक भएको छ । प्रेम लावतीको निर्माण एवम् राज चामलिङको निर्देशन रहेको यस चलचित्रमा राज चामलिङ कै कथा एवम् संवाद रहेको छ ।
सुम्हात्लुङ फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको चलचित्र बैनाबट्टा को पहिलो गित “तिमि संग रिलिज भएको छ । उक्त गीतमा दिपा लामा र सन्तोष राइको स्वर रहेको छ ।
गितमा देवेन्द्र नेम्बाङ र कबिता राई लाई फिचर्ड गरिएको छ । गितमा कविता राईको बेजोड अभिनयको तारिफ भियुरसले गरेका छन् । यस गितको छायांकन लोभलाग्दो रमणीय स्थलमा गरिएको छ । चलचित्रको डिजिटल राइट ओएसआर डिजिटल लाई दिइएको छ ।
मुख्य निर्माता प्रेम लावती छन् भने यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् ।
यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg