मात चढेको गितमा प्रमोधको बेजोड अभिनय

काठमाण्डौ–नेपाली चलचित्र क्षेत्रका धासु कलाकार प्रमोध अग्रहरीको बेजेड अभिनय रहेको चलचित्र जाइराको क्लब गीत सार्वजनिक भएको छ ।
आउदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म जाइरा को मात चढेको सा“झ बोलको गीतमा सार्बजनिक भएको छ । गितमा मीना निरौलाको स्वर रहेको तथा किरण खरेलले शब्द रहेको गीतमा शिव शंकरको संगीत छ ।
फिरोज बज्राचार्य र डिजे राजुले यसलाई रि एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतमा तनुजा गुरुङले बोल्ड ठुम्का लगाएकी छन् ।गीतका कोरियोग्राफर गोविन्द राई हुन् ।
तनुजालाई अडिसनमार्फत् यो गीतमा नृत्यको लागि छनोट गरिएको थियो ।आफुले पाएको भूमिकालाई न्याय गर्ने कलाकारमा पर्ने नम्रता यसमा लेडी फाइटर देखिएकी नम्रताले फिल्मकै कपाल छोट्याएर चाहिने ट्रेनिङपनि लिएकी थिइन् । फिल्ममा नायिका श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् । यसमा सम्राट मगर नम्रताको कोचको भूमिकामा छन् ।अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेकोछ ।
निर्देशक आशुतोष श्रेष्ठले आफु खेलस“ग निकै नजिक रहेकोले फिल्म बनाउने इच्चा उत्तपन्न भएको बताए । ट्रेन्ड सेटर्स र नम्रता श्रेष्ठ प्रोडक्सनको ब्यानरमा निर्मित यसफिल्मको कथा निर्देशक श्रेष्ठ आ“फैले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् ।
प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको जाइराको स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ ।डिओपी बाबु श्रेष्ठको रहेको छ । यस गित र चलचित्रमा प्रमोध अग्रहरीको नृत्य र भुमिकाको निकै चर्चा चुलिएको उनका फ्यानहरुले बताएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg