मुम्बई । प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म साहो ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ ।
हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । तर, फिल्मको माउथ पब्लिसिटी निकै कमजोर छ । जसका कारण फिल्म लामो रेसको घोडा बन्न नसक्ने देखिन्छ । अहिले यो फिल्म हलिउडको ब्लकबस्टर फिल्म लार्जो विन्च को कपी रहेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।
हजारौंले सामाजिक सञ्जालमा यस प्रकारको ट्वीट गरेपछि यसका निर्देशक जरोम सलेले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लार्जो विन्च को दोस्रो निःशुल्क निर्माण खराब रहेको बताएका छन् ।
उनले तेलूगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह गरेका छन् । बाहुबलीको जबरजस्त सफलतापछि प्रभासलाई साहो बाट ठूलो अपेक्षा थियो । तर, समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया नमिल्दा उनी निकै निराश भएका छन् ।
फिल्ममा चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माको पनि अभिनय छ । ३५० करोडमा बनेको फिल्मका निर्देशक सुजीत हुन् । साहो को कथावस्तु कमजोर भए पनि मेकिङ उच्च छ ।