एजेन्सी–विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नया“ फिल्म फाइटर चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । दीपिका र ऋतिकले फिल्मका लागि तयारी सुरु गरिसकेका छन् । यसबीच, निर्माण टिमले छायांकनभन्दा अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ ।
सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फाइटर २६ जनवरी २०२३ मा रिलिज हुने भएको छ । पहिला फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम थियो । निर्देशक आनन्दले ऋतिक र दीपिकालाई पर्दामा एकसाथ प्रस्तुत गर्नु आफ्नो लागि सबैभन्दा रोमान्चक क्षण हुने बताएका छन् । उनले ऋतिकस“ग तेस्रो पटक र दीपिकासँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् ।
फिल्ममा हवाई एक्सन र फाइटिङ अत्याधिक देखाइनेछ । जसका लागि हलिउडबाट फाइट कोरियोग्राफीलाई झिकाउने तयारीमा निर्माण टिम छ । यो भारतको पहिलो एरियल एक्सन फिल्म दाबी गरिएको छ । भारतस“गै ग्लोबल अडियन्सलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको फिल्मको स्क्रिप्ट तयार हुन वर्षौं लागेको थियो । फिल्मको लागत २ सय ५० करोड अनुमान गरिएको छ ।


