बेहुलाको साथीहरुले उतार्छन् बेहुलीको कपडा

एजेन्सी–संसारमा अलग–अलग खाले रीतिरिवाज र परम्परा हुन्छन् । चीनको एउटा परम्पराले पनि तपाईलाई चकित पार्नसक्छ । यहा“ विवाहपछि बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो का“धमा राखेर उठाउछन् ।
त्यसपछि बेहुलीको कपडा उतार्छन् । तर, दुलहाले यसको विरोध गर्दैनन् । बरु, दुलहीका साथीहरुले ती केटाहरूलाई रोक्ने कोसिस गर्छन् ।
यदी दुलहाका साथीहरु दुलहीको कपडा उतार्न सफल भए भने दुलहा पक्षले जितेको मानिन्छ । यदी, दुलहीका साथीहरु आफ्नी साथीलाई बचाउन सफल भए भने दुलही पक्षले जितेको मानिन्छ ।
यतिमात्रै होइन, विवाहको खेल खेल्ने नाममा नवविवाहित जोडीले कम्बलमा पल्टने र सुहागरातको अभिनय गर्नुपर्ने हुन्छ । पाहुनाहरूले दुलहीलाई किस गर्ने, स्ट्रिप गर्ने, उनको शरीरमा स्याही वा यस्तै केही कुराहरु फ्याकिदिने, उनको कपडा तानिदिनेलगायत परम्परा समेत छ । विश्वभर यस परम्पराको विरोध भएपछि चीनको एक शहरले अब वैवाहिक समारोहमा यस्तो उच्छृङ्ल खेल खेलाउन प्रतिबन्ध लगाएको छ । चीनको सेनडान्ग प्रान्तस्थित जोजिङ सिटीले भर्खरै एक नोटिस जारी गरेको छ । जसमा उल्लेख छ, विवाहका दौरान दुलहा वा दुलहीलाई स्ट्रिप गर्न, उनीहरुलाई बा“ध्न र उनीहरुमाथि कुनै पनि तरिकाले जबर्जस्ती गर्न प्रतिबन्ध छ ।
यस सूचनामा विवाहका लागि आएका पाहुनाले दुलहा वा दुलहीलाई जर्बजस्ती किस गर्न र गर्न लगाउन, नवविवाहितहरुको हात र खुट्टामा कुनै चिज लगाइदिन वा उनीहरुमार्फत, उत्शृंखल प्रस्तुति गराउन प्रतिबन्ध लगाइएको उल्लेख छ ।
सन् २०१८ मा चीनको शहर गोईज्हुमा एक दुलहाका साथीहरुले उनको पुरै कपडा उतारिदिएका थिए । २४ वर्षका यी व्यक्ति केवल आफ्नो अन्डरवेयर लगाएर बसेका थिए र उनको शरीरमा साथीहरुले स्याही फालिदिएका थिए ।
विवाहको परम्परा भन्दै साथीहरुले निकै हंगामा मच्चाएका थिए ।र, साथीहरूबाट बचेर भाग्ने क्रममा यी व्यक्ति कारमा गएर ठोक्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles