निश्चल र स्वस्तिमा सम्मानित

1019

काठमाण्डौ–अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत आदर्श दम्पत्ति सम्मान–२०७६ बाट सम्मानित भएका छन् । बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले यो सम्मान दिएको हो ।
ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्थाद्धारा सञ्चालित एवम् ललित फरियाघरको आयोजनामा ललितपुरको जावलाखेलमा तिज माईतिमेला २०७६ गरिएको छ ।
शनिबारसम्म चल्ने यो तिज मेलाको उद्घाटन समारोहमा निश्चल र स्वस्तिमा विशेष अतिथि बनेर पुगेका हुन् ।कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यी दम्पत्तिलाई सम्मान प्रदान गरेका हुन् ।
यसरी बिहिबार सो कार्यक्रममा सम्मानित भएपछि अभिनेत्री स्वस्तिमा र अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले सो सम्मान प्रति यसरी खुसी व्यक्त गरे ।
अभिनेता स्वस्तिमा खड्का यतीबेला निकै चर्चामा छिन् । उनको नया“ फिल्म हजार जुनीसम्म यही ३० साउनबाट रिलिज हुदैछ । यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा काम गर्न अझ प्रेरणा मिलेको निश्चलले बताए ।