सलमान खानलाई खुल्ला चेतावनी

मुम्बई–बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ ।
सलमान खानले यदि मिका सिंहसँग काम गरे उनीमाथि पनि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको हो ।
मिका सिंहमाथि पाकिस्तानमा गएर प्रस्तुती दिएको विरोधमा अल इन्डिया सिने वर्कर्स असोसिएशन
(एआईसीडब्ल्यूए)र एफडब्ल्यूआईसीईले प्रतिबन्ध लगाउदै अब उनीस“ग कसैले पनि काम गर्न नपाउने बताएको थियो । तर मिड डेको एक रिपोर्ट अनुसार आगामी २८ अगस्टमा अमेरिकाको ह्यूस्टनमा कन्सर्ट हुदैन । सलमान खानको उक्त कार्यक्रममा मिका सिंहले पनि प्रस्तुती दिने रिपोर्ट सार्वजनिक भएको छ । यदि यस्तो भएको खण्डमा संस्थाले दुबैमाथि प्रतिबन्ध लगाउने बताएको छ ।
यसबारे संस्थाको तर्फबाट जारी बयानमा मिकासँग यदि कसैले काम गर्छ भने जतिसुकै ठूलो स्टार किन नहोस् उनीहरुमाथि पनि प्रतिबन्ध लगाइने बताइएको छ ।
जानकारीका अनुसार मिका सिंह र यी दुई संस्थाले बुधबार एक संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नेछन् । यसमा मिकाले देशसँग माफीसमेत माग्ने बताइएको छ । त्यसपछि मात्र उनीमाथि लागेको प्रतिबन्ध हटाइने बताइएको छ । तर यदि उनले माफी माग्न अस्विकार गर्छन् भने उनीमाथिको प्रतिबन्ध जारी रहने छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg