बजरंगी भाइजानको सिक्वेलको तयारी

एजेन्सी–कबीर खानको निर्देशनमा बनेको सुपरहिट फिल्म बजरंगी भाइजान रिलिजको ६ वर्ष पूरा भएको छ ।
यो फिल्ममा सलमान खान, करीना कपूर,हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्दीकीले मुख्य भूमिकामा काम गरेका थिए । फिल्मका लेखक केवी विजेन्द्र प्रसादले आइतवार पिंकविलासँग कुराकानी गर्दै अहिले आफूले सिक्वेलका लागि स्क्रिप्टमा काम गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, फिल्मको दोस्रो पार्टका लागि अहिले दमदार स्क्रिप्टमा काम भइरहेको छ । केही समय अगाडि मैले सलमान खानलाई सिक्वेलको आइडिया सुनाएको थिए ।
उहा“लाई फिल्मको आइडिया मन परेको छ र स्क्रिप्ट फाइनल गर्न भन्नुभएको छ ।सलमान खानको प्रोडक्सन हाउसले निर्माण गरेको बजरंगी भाइजान ले भारतमा मात्र चार सय करोडको कमाई गरेको थियो ।
यो फिल्मलाई सलमान खानको करिअरको सबैभन्दा उत्कृष्ट मानिन्छ । फिल्ममा उनको अभिनयले दर्शकको मन छोएको थियो ।
प्रायः एक्सन भूमिकामा देखिने गरेका उनले यो फिल्ममा भद्र, शालिन र सोझो युवकको भूमिका निर्वाह गरेका थिए । फिल्मले भारतमा हराएकी एक पाकिस्तानी मुलकी बालिकालाई उद्धार गरेर सलमानले घर पु¥याउन गरेको संघर्षको कथा बोलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles