राम चरणको जोडी बन्दै कियारा

एजेन्सी–फिल्म कबीर सिंह र गूड न्यूजको सफलतापछि अभिनेत्री कियारा आडवाणीलाई बलिउड र साउथ फिल्मबाट प्रस्तावको ओइरो लागेको छ ।
हालै उनले एक पेन इन्डिया फिल्म आरसी १५ साइन गरेकी छन् । यसमा उनले साउथ फिल्मका सुपरस्टार राम चरणस“ग अनस्क्रिन रोमान्स गर्नेछिन् । आउदो सेप्टेम्बरको पहिलो हप्ताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
कोरोनाको दोस्रो लहरका कारण राम चरण स्टारर फिल्म आरआरआरको छायांकन पूरा हुन सकेको छैन । जसको असर आरसी १५ को छायांकनमा पर्ने देखिन्छ । आरआरआर को छायांकन सकिएपछि उनले स्क्रिप्ट रिडिङ सेसनमा हिस्सा लिनेछन् ।
दिल राजूले निर्माण गर्ने फिल्म एक्सन र ड्रामाबाट भरपूर हुनेछ भने राम चरण पुलिस अफिसरको भूमिकामा प्रस्तुत हुनेछन् ।
फिल्मको छायांकनका लागि ६ महिनाको समय छुट्याइएको छ । आउदो २०२२ को पहिलो महिनासम्म फिल्मको छायांकन सक्ने योजनामा निर्देशक एस शंकर छन् ।
उनले रोवर्ट, आइ, शिवाजी लगायतका फिल्म निर्देशन गरिसकेका छन् । त्यस्तै, राम चरण र कियाराले यसअघि फिल्म विनया विधेया रामामा एकसाथ काम गरेका थिए, जसमा उनीहरुको केमेस्ट्री रुचाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles