बजगाईंको भिजुअल इफेक्ट आर्टिस्ट सम्मको यात्रा

1233

समिर नेपाल
नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो अच्युत बजगाईं । बजगाईं नया“ नया“ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिनछ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ , १५ घण्टा कम्पिटरमै ब्यस्त बजगाईं फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ र तेस्को भिजुअल इफेक्ट हेरी नया सोच बनाइ रहेका देखिन्छन । नेपाली चलचित्र लाइ पनि अन्तराष्ट्रिय बजार सम्म कसरि पुर्याउन सकिन्छ भनेर लागि परिरहने बजगाईं अहिलेका अत्याधिक ब्यस्त भिजुअल इफेक्ट आर्टिस्ट हुन ।
यस्तै नया“ पुस्ता हरुको आगमनले र नया“ सोच भएका प्राबिधिकहरुको कार्य कौशलताले नेपाली चलचित्रहरु आज अन्तरास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नया“ नया“ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । आधुनिक प्रबिधीको प्रयोग संग संगै नेपाली फिल्म पनि प्राबिधिक रुपमा स्तरिय र सम्पन हुन थालको छ ।
पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा चलचित्र भिजुअल इफेक्टको ठुलो हात रहेको पाइन्छ । बदलीदो समय अनुसार नेपाली चलचित्र क्षेत्र पनि बदलिदै छ । पछिल्लो केही बर्षमा नेपाली सिने जगतले ठुलै फड्को मारको छ। एउटा चलचित्र राम्रो हुनुमा भिजुअल इफेक्ट आर्टिस्ट को ठुलो हात हुने गर्छ। चलचित्र भिजुअल इफेक्ट चलचित्रको एउट एस्तो अंग हो जसले चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ । चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक, कथा, गीत,संगीत छायाँकन, सम्पादन जस्तै आज नेपाली चलचित्रमा भिजुअल इफेक्ट को पनि ठुलो भूमिका भएको पाइन्छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ । नेपाली चलचित्र जगतमा अहिले को भिजुअल इफेक्ट आर्टिस्ट को छन् भनेर प्रश्न गर्दा उत्तर भने अच्युत बजगाईं हुन । अच्युत बजगाईं अहिलेका सबैभन्दा मह“गा र उत्कृस्ट भिजुअल इफेक्ट आर्टिस्ट हुन । उनले नेपाली चलचित्रमा किनबन्ड इफेक्टको प्रयोग गर्ने पहिलो ब्यक्ति हुन यसरि जहिले पनि नया“ नया“ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उधोगको भिजुअल इफेक्ट को पाटोमा ठुलो योगदान पुराएका छन । उनको काम प्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका अवार्ड प्राप्त गरेका छन् ।
२०११ मा सिनेमा जगतमा पाईला राखेका बजगाईंले थुप्रै सिनेमाहरु मा आफ्नो जादु देखाई सकेका छन् ।
सटिक काम र आफ्नो भिन्न प्रबिधी का कारण ले गर्दा उनि निर्माता र निर्देशेक को पहिलो रोजाई मा पर्ने गरेका छन्। नेपालका टप तथा नीकै ब्यस्त भिजुअल इफेक्ट आर्टिस्ट हुन् अच्युत बजगाईं । थुप्रै हिट फिल्ममा काम गरि सकेका अच्युत बजगाईं का केहि फिल्म को नाम लिनु पर्दा बिरंगना ,रोमियो ,मेला ,पूनर्जन्म,होलिडे,उल्झन ,पटुकी , आरोपे ,सकुन्तला ,च्याम्पीयन ,बाटो मुनि को फुल २, बर्दी ,पोखरा कि काली, हालसालै उनि लब डायरिज, भिलेन होलिडे छिरिङ, कायर ,जयशम्बु को काम मा ब्यस्त छन् ।
उनको काम, नया“ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नया“ भिजुअल इफेक्ट आर्टिस्टहरुले अनुशरण गर्दै आएका छन । यसरि उनको ज्ञान, शीप तथा परिश्रमले उनी नेपाली चलचित्र क्षेत्रमा विशेस स्थानमा रहेका छन् । त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढंगमा कार्य गर्ने अच्युत बजगाईंले नेपाली चलचित्र जगतको भिजुअल इफेक्ट आर्टमा ठुला योगदान पुराएका छन ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg